गुल्मीमा यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

गुल्मीमा बालयौन दुराचार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३, स्थित प्रतिभा आधारभूत विद्यालयका एक शिक्षक कक्षा ३ मा अध्ययनरत आफ्नै बिद्यार्थी उपर बिद्यालय समयमा यौनजन्य अस्वाभाविक कार्य गरेको आरोपमा पक्राउ परेका हुन् ।
उक्त पिडित बालीकाको अबिभावकले आफ्नै शिक्षकले बिद्यालय समयमा यौन दुराचार गरेको जाहेरी दिएकाले उनलाई पक्राउ गरी बालयौन दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए ।
स्रोत: देश दर्शन टिभि
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।