गुल्मीमा बेवारिसे शव फेला ।



डिबि खड्का फागुन १६ ।
गुल्मीमा एक बेवारिससे शव फेला परेको छ । जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्वर एक नयाँ गाँउमा शव फेला परेको हो ।
अन्दाजी ७० वर्षीय वृद्धको अर्धनङ अवस्थामा शव फेला परेको वडा सदस्य चेतमान कुंवरले बताए । घाँस दाउरा जाने क्रममा स्थानीयले शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले शवको पोस्टमार्टमको लागी गुल्मी अस्पताल तम्घास ल्याउने तयारी भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता