गुल्मीमा बुहारी द्वारा ८७ वर्षीय ससुराको हत्या !

फागुन- १० गुल्मी ।
गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका तीन की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।
अदालत बाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।