गुल्मीमा प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिताको छनोट सम्पन्न



अनिल खत्री
२८ जेठ, गुल्मी । गुल्मीमा एकल लोक गीत प्रतियोगिता छनोट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समितिले प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिता गुल्मी जिल्ला सदरमुकाम तम्घासमा गरिएको हो ।
प्रतियोगितामा जिल्लाका ६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । त्यसमध्येबाट रेखा कुमाल र रिता बिश्वकर्मा छनोट भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
जिल्लाबाट छनोट भएका प्रतिस्पर्धीहरुले असार ७ गते बुटवलमा हुने प्रदेश स्तरीय प्रतियोगीतमा सहभागिता जनाउन पाउने छन् । छनोट कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव योगराज कंडेल र गायक हरि खत्रीले निर्णायको भूमिका गरेका थिए ।
जिल्ला सदरमुकाम तम्घास हुने कार्यक्रमको आयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी आयोजक रहेको छ । प्रदेश १२ जिल्लामा प्रतियोगिता हुनेछ । प्रदेशबाट प्रथम हुनेले ५१ हजार, द्धितिय हुनेले ३१ हजार र तृतिय हुनेले २१ हजार पुरस्कार पाउने प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थले बताए ।
कार्यक्रमबाट लोक गीतको क्षेत्रमा गायन कला भएका तर अबसर नपाएर लुकेर रहेका प्रतिभा बाहिर ल्याउने मुख्य उदेश्य रहेको पन्थले बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी अध्यक्ष सिलु भट्टराई, पुर्व अध्यक्षहरु खुम खत्री, जनक पन्त, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता