गुल्मीमा प्रती महिना २१ भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता !

डि.बि खड्का, गुल्मी ।
गुल्मीमा प्रति महिना २१ वटा भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७५ /७६ मा गुल्मी अदालत तम्घासमा सम्बन्ध बिच्छेदका २५४ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये १८३ फस्यौट भएको र ७१ वटा मुद्दा बाकी रहको गुल्मी अदालतका श्रेस्तेदार कृष्ण शरण लामिछाने बताए ।

मुलुकी देवानी ऐन संहिता लागु भए सँगै पुरुषलाई राहात मिलेको तथाङकले देखाएको छ । साउनमा कुनै पुरुष वादी मुद्दा दर्ता नभएता पनि भदौ मा २१ , असोजमा ७, कात्तिक मा ८,मङसीरमा ९, पुस महिनामा ८, माघमा ४,फागुनमा ५, चैतमा ९ , वैशाखमा ७ , जेठमा ३ र असारमा ४ जना गरी ९२ जना पुरुषले सम्बन्ध बिच्छेदको लागी मुद्दा दर्ता गराएका छन् । त्यस्तै महिला तर्फ साउन महिनामा १४,भदौमा २७,असोजमा १५,कात्तकीमा २५, मङसीरमा १४,पुसमा १८, माघमा १३,फागुनमा १५,चैतमा ९,वैशाखमा २०,जेठमा ११ र असारमा ११ जना गरी कुल १६२ जना महिलाले सम्बन्ध बिच्छेदको लागी मुद्दा दर्ता गराएका छन् ।
सामान्य घरायसी विवाद तथा विदेशबाट श्रीमानले पैसा नपठाएको , परिवारको पालन पोषण नगरेको जस्ता कुरालाई लिएर सम्बन्ध बिच्छेद लागी मुद्दा दर्ता गराएको श्रेस्तेदार लामिछानेले उल्लेख गरे । मुलुकी देवानी ऐन संहिता लागु भए सँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनको लागी सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।