गुल्मीमा निमार्णधिन सबै खेलकुदका संरचना सम्पन्न

डि.बी खड्का गुल्मी ।
गुल्मीमा निर्माणाधीन खेलकुदका सबै संरचना समयमै सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७५ /२०७६ मा राष्ट्रिय खेलकुद परिषद् बाट विनियोजित ९७ लाख बाट जिल्लाका विभिन्न चार स्थानमा खेलमैदान तथा कर्वड हल सम्मन्न भएको जिल्ला खेलकुद विकास समिति गुल्मीले जानकारी दिएको छ ।

गुल्मीमा यो वर्ष राष्ट्रिय खेलकुद परिषद् बाट रेसुङगा नगरपालिकामा ५० लाखको लागतमा ब्याडमिन्टन कर्वड हल,मालिका गाउँ पालिका ८ सिमलटारीमा वीस लाखको लागतमा मालिका मावि खेलमैदान ,रुरु गाउँ पालिका वडा नम्बर १ मा सात लाखको लागतमा भुटुवा क्रिकेट मैदान र वीस लाखको लागतमा रुरु ब्याडमिन्टन कर्वड हल सम्पनन्न भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
साथै जिल्लाका विभिन्न स्थानमा भौतिक संरचना निर्माण भए सँगै अब गुल्मी जिल्लाले प्रदेश स्तरका ब्याडमिन्टन तथा कबड्ी खेल आयोजना गर्न सक्षम भएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीमा कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।