गुल्मीमा नाचगानसहित नागरिकलाई सचेत बनाउँदै प्रहरी



१८ पुस, गुल्मी ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले थालेको सडक सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नाचगानको माध्यमबाट प्रदेशका १२ वटा जिल्लामा सचेतना कार्यक्रमको सञ्चालन भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राज कुमार बैदवारले जानकारी दिए । त्यस्तै शनिबार देखि गुल्मीमा पनि सचेतना कार्यक्रम सुरु भएको छ ।

गन्धर्वहरूले सारगीं बजाउँदै सन्देशमुलक संगित नागरिक माझ प्रस्तुत गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक केदार पन्तले जानकारी दिए ।

सडकमा सारगीं बजाउँदै(गाउँदै नागरिकहरुलाई महिला हिंसा,घरेलु हिंसा,लैगिंक हिंसा,बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरणका बारेमा सरल ढंगले संगीतको माध्यमबाट सचेत गराइएको पन्तले उल्लेख गरे ।

आजदेखि सुरु भएको उक्त सचेतना कार्यक्रम गुल्मीमा भोलिसम्म चल्नेछ भने प्रदेशका अन्य केही जिल्लाहरुमा सम्पन्न भइसकेको छ । केही जिल्लाहरुमा क्रमश चल्नेछ ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै सडक सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेता पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन । गुल्मीमा मात्रै मसिंर र पुस महिनामा भएका ७ वटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दश जना घाइते भएका छन् ।

सडकमा सारगीं बजाउँदै,गाउँदै नागरिकहरुलाई महिला हिंसा,घरेलु हिंसा,लैगिंक हिंसा,बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरणका बारेमा सरल ढंगले संगीतको माध्यमबाट सचेत गराइएको पन्तले उल्लेख गरे ।

आजदेखि सुरु भएको उक्त सचेतना कार्यक्रम गुल्मीमा भोलिसम्म चल्नेछ भने प्रदेशका अन्य केही जिल्लाहरुमा सम्पन्न भइसकेको छ । केही जिल्लाहरुमा क्रमश चल्नेछ ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै सडक सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेता पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन । गुल्मीमा मात्रै मसिंर र पुस महिनामा भएका ७ वटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दश जना घाइते भएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता