गुल्मीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो !

गोकर्ण पाण्डे,जेठ -२३ गुल्मी।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ ३१ गते राती १२ बजे सम्म लम्बाउने निर्णय गरेको छ।
बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएको छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि, तरकारी, फलफूल, माछा,मासु, निर्माण सामाग्री हरेक दिन बिहान ७ बजेदेखि १०बजे सम्म मात्र खुल्न पाइने छ। जिल्ला भित्र निर्माण सामाग्री बोक्ने टिपर,ट्याक्टर सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। त्यस्तै बैक तथा बिमा कम्पनी पनि बिहान ७ बजेदेखि १० बजे सम्म मात्र खुल्न पाइने छ। अन्य बित्तिय सस्था बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञाको समय भोलि जेठ २४ गते शनिबार राति १२ बजे सकिदै छ।हाल गुल्मीमा कोरोना सकृय संक्रमितको संख्या ५ सय ८६ पुगेको छ। भने दोस्रो कोरोना लहर का कारण गुल्मीमा ८४ जना ले ज्यान गुमाएका छन्। जिल्लामा हालसम्म १ हजार ९२० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।