गुल्मीमा चट्याङ लागेर बालिकाको मृत्यु !



असार २८ गुल्मी ।
गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बस्ने १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

बुधबार साँझ करिब ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ १० बजे बुर्तिबाङ स्वास्थ्य केन्द्रले उनलाई मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता