गुल्मीमा चट्याङ् लागेर एक महिलाको ज्यान गयो !

जेठ ११ गुल्मी ।
गुल्मीमा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । मदाने गाउँपालिका ४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको मङ्गलबार राति चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
गोठमा पशुचौपायलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको ज्यान गएको गुल्मी प्रहरीले उल्लेख गरेको छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।