गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु !



साउन १८ गुल्मी ।

गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका -४ डाँडा थोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नेपाली आफ्ना छोरीहरू सङ स्थानीय ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिईन । करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता