गुल्मीमा एक पुरुष मृत फेला !



सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ ।

बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सइ लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

दर्जी विगत १ हप्तादेखि बेपत्ता भएका थिए भने उनको खोजी कार्य चलिरहेको थियो । घाँस काट्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका ईन्सपेक्टर किरण सापकोटा नेतृत्वको टोली पुगी मुचुल्का गर्ने काम गरिरहेको बताईएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता