गुल्मीको मालिकामा एक पुरुष मृत फेला



अनिल खत्री
१८ साउन, गुल्मी । गुल्मीमा एक पुरुष मृत  फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नअाएको अाफन्तीले बिहीबार खोज्ने क्रममा वडानम्बर ३ दर्लिङ बाट पासे जाने पासेखोला स्थित कच्चि मोटर बाटो बाट करिब ३ सय मिटर तल मृत अवस्थामा फेला पारेकोप्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धानका लागि प्रहरी चौकी अर्खवाड.वाट प्र सहायक निरीक्षक यम बहादुर घर्ति र जिल्ला प्रहरी कार्यालय गुल्मी बाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा SOCO को सहित ५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता