गुल्मीका ९३ वटै वडामा पुग्यो माओवादी केन्द्रको अभियान



प्रेम सुनार
गुल्मी ,भदौ १६ ।

नेकपा  माओवादी केन्द्र गुल्मीले जिल्लाका १२ वटा पालिकाका ९३ वटै वडा घरघर जनजनमा माओबादी भन्ने मुल नाराका सथ जनता सङ्ग माओबादी विशेष रुपान्तरण अभियान पुराईएको सो पार्टीले जनाएको छ । जिल्ला पार्टी संयोजक युवाराज केसिले आज दिनैभरको रिपोर्टिङ उल्लेख गर्दै भने सबै पालिका सबै वडामा अभियान पुराईएको र उत्साहजन रुपमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

उनले पहिलो दिन रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका , रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा विभिन्न पार्टी पतित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेको बताए ।
सो पार्टिका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश संसदीय दलका नेता जाेख बहादुर महरा अभियानका गुल्मी जिल्ला इन्चार्जका रुपमा खटिएका छ्न । उनले रेसुङ्गा नगरपालिका १२ बाट अभियानको उद्घाटन गरे ।

नेता महराले दस बर्षे जनयुद्धको जगमा गणतन्त्र , संघियता र समाबेशी लगातको परिवर्तन आएको दावी गर्दै यस अघिका सरकार सन्चालकहरु भ्रष्टाचारको डङ्गुरले छोपिएर बसेको आरोप लगाउदै भने हेर्नुस त चाह्यो भने त भ्रष्टाचारिहरुलाई धमाधम कार्बाही गर्न सकिदो रैछ त ? उनले अहिलेको सरकारले भ्रष्टाचार बिरोधी अभियान चलाए पछि जनतामा उत्साह छाएको जिकिर गरे ।
यसै बिच नेता महराले सोही वडाको हरिपोखरिडाडामा नवनिर्मित घोर्ले आमा समुहको भवनको उदघाटन गरेका छ्न । माओबादी नेतृ तथा पुर्व प्रदेश पुर्ब सासद गिता थापाको पहलमा प्रदेश सरकारको २० लाख लागतमा बनेको उप्त भवनले आफू महिलाहरूलाई निकै सुबिधा हुने समुहकी पुर्व अध्यक्ष ममता महाकिम र बर्तमान अध्यक्ष टीका महाकिमले बताईन ।

कार्यक्रममा वडाध्यक्ष एमालेबाट खेतबहादुर टन्डन काङ्ग्रेस नेता तथा वडाध्यक्ष चेयर सिङ्ह टण्डन , माओबादी केन्द्र्का गिरिसिन्ह महाकिम ,पुर्व सासद गिता थापा ,माओबादी केन्द्रका प्रदेश सदस्य खुमबहादुर थापा र प्रमुख अथिथी महराले सम्बोधन गरेका थिए । नेता महराले बिकास कार्यमा मित्रतापुर्ण राजनिती गर्नु पर्ने सुझाव दिदै आफुले तीन महिने अभियानका क्रममा जुन सुकै पार्टिमा आस्था राख्ने जनताको घर घर टोल टोलमा पुगेर उनिहरुका समस्या टिपोर्ट गरि सरकारलाई बुझाउने प्रतिबद्धता जनाए ।
सो अबसरमा स्थानिय कलाकार र मगर युवा युवतिहरुको घोर्ले पन्चे बाजा समूहले साझ अबेर सम्म भरपुर मनोरन्जन दिएका थिए ।
जिल्ला संयोजक युवराज केसिले चन्द्रकोट गाउँपालिका ८ को तुराङ्गमा र सचिब अशोक थापाले रुरु क्षेत्र गाउँपालिकामा उदघाटन गरेका छ्न । अन्य केन्द्रिय र प्रदेश नेताहरु पनि विभिन्न वडामा पुगेर अभियान संचालन गरेका छ्न ।

गुल्मीमा यस अभियानका लागि केन्द्र बाट नेता महराको नेतृत्वमा केन्द्रिय सदस्यहरु क्रमश कमल चुदाली क्षेत्र नम्बर १ को प्रदेश १ मा खटिएका छ्न । भबिश्वर तिवारी सोही क्षेत्रको प्रदेश २ खटिएका छ्न । निमकान्त डागी जितजङ्ग क्षेत्र नम्बर २ को प्रदेश २ मा खटिएका छ्न ।
सोही क्षेत्रको प्रदेश १ प्रदेश कमिटी सहसचिव पार्वती बिक खटिएकी छ्न ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता