गुल्मीका रामु बिक ५ दिन देखि बेपत्ता



जेठ २६ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घासमा डेरा गरि विभिन्न स्थानमा घर – भवन बनाउ हिड्ने पुर्कोटदहका रामु बिक काम गर्ने स्थानबाटै गत ५ दिन अघि देखि बेपत्ता भएका छ्न । मुसिकोट नगरपालिका – ५ आपचौर स्थित कफि बिकास केन्द्रको भवन निर्माणको ठेक्का लिएर उतै बसेका उनी गत आइतबार देखि सम्पर्कविहिन भएको उनकी श्रीमति कमला सेन बिकले बताइन । ३४ बर्षिय बिकको फोन लोकेशन बुटवल तर्फ भेटिएको परिवारजनको भनाइछ ।
अघिल्लो दिन साझ सम्म श्रीमतिको सम्पर्कमा छदा उनी आर्थिक तनावमा परे जस्तो कुरा व्यक्त गरेको श्रीमति कमाले बताइन । पिर-चिन्तामा रहेकी श्रीमतिले प्रहरीमा खोजतलासका लागि निबेदन दिदै मिडियाको साहरा समेत लिएकी हुन । बेपत्ता बिकको नम्बर ९८४२८५७८४४ रहेको छ । उनलाई देख्नु भेट्नु हुने महानुभावले ९७४६४७९१६७ मा वा नजिकको प्रहरी चौकिमा सुचित गरिदिन अपिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकेशन देखाएको स्थानको प्रहरीलाई परिपत्र गरेको जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता