गुल्मीका यि तीन वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुदैं



अनिल खत्री १ चैत, गुल्मी ।

गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।

रेसुङ्गा, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो । जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा सबै पदमा निर्विरोध भएको छ । दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन नहुने भएको हो ।

मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी ) बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै रिडी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्यापीठको स्ववियु सभापतिमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका छन् ।
धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी )बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पस पुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी ) बाट जीवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी )  बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लाको श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा तीन संगठनले छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका छन् । बाँकी २ वटा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी ) मिलेर उम्मेदवारी दिएका छन् भने नेविसंघले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ । यहाँ अनेरास्ववियु र नेविसंघ बीच कडा प्रतिस्पर्धा हुँदैछ । यस क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापति सहित जितेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता