गुल्मीका बिकल पौडेललाई तेक्वान्दोमा रजत पदक

बैशाख २ गुल्मी ।
अष्ट्रेलियाको सिड्नीमा हालै सम्पन्न ‘New South Wales International Open Taekwondo Championship 2025’ मा गुल्मीका बिकल पौडेलले रजत पदक हात पारेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडीका पौडेलले अस्टे्रलियामा चम्किलो खेल प्रदर्शन गर्दै रजत पदक जितेका हुन ।
फाइनल खेलमा फिलिपिन्सका खेलाडी संग विकल पराजित भएपनी नेपाली खेलाडी र नेपालीको लागि रजत पदक ऎतिहासिक उपलब्धि रहेको खेलका जानकारहरु बताउँछन् । प्रतियोगितामा विभिन्न देशका एक सय ७० जना खेलाडीले सहभागीता जनाएका थिए ।
बिकल सानैदेखि तेक्वान्दोप्रति आकर्षित थिए। बाल्यकालदेखि खेलमा रुचि राख्ने बिकलले लामो समयको मेहनत, अनुशासन र समर्पणको फलस्वरूप आज अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो पार्न सफल भएको उल्लेख गरे ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।