गुल्मीका दुई आमा समुह द्धारा मृगौला पीडीत भुजेललाई आर्थीक सहयोग

फागुन २७ गुल्मी ।
गुल्मीका दुई आमा समुहले मृगौला पीडीत युगल भुजेललाई आर्थीक सहयोग प्रदान गरेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर आठमा रहेका लेकबेंशी आमा समुह र स्वास्थ आमा समुहले नगद आर्थीक सहयोग प्रदान गरेका हुन् ।
लेकबेंशी आमा समुहले नगद एक लाख पचास हजार नौं सय ७० र रेसुंगा स्वास्थ आमा समुहले ३५ हजार तीन सय ८० रुपैयाँ सहयोग प्रदान गरेको रेसुंगा स्वास्थ आमा समुहकी अध्यक्ष तेज कुमारी क्षेत्रीले जानकारी दिएकी छन् ।
दुबै मृगौला फेल भएर उपचार गराई रहेका रेसुंगा नगरपालिका ८ का ३८ वर्षीय युगल भुजेलको आर्थीक अवस्था कम्जोर भएकोले केही राहत पुगोस भनेर आर्थीक सहयोग उपलब्ध गराएको आमा समुहको भनाई रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।