गुल्मीका कर्मचारीहरू परिचय पत्र र पोशाक नलगाइ कार्यालयमा हाजिर

अनिल खत्री , गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा रहेका सरकारी कार्यालयहरुमा छडके निरिक्षण एवं अनुगमन गरेको छ । मंगलवार तम्घासमा रहेका बिभिन्न २० वटा कार्यालयहरुमा निरिक्षण एवं अनुगमन गरिएको हो ।

अनुगनमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत द्धय श्री उद्धव पन्थी र लक्ष्मण पाण्डेको नेतृत्वमा २ समूह बनाई गरिएको थियो । जिल्लामा सुशासन र सेवाप्रवाह भरपर्दो बनाउने उद्देश्यानुसार नियमित कार्यालय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
राष्ट्रसेवक कर्मचारीहरुलाई अनुशासित र मर्यादित बनाउन प्रमुख कार्यालयहरुमा अनुगमन र निरिक्षण सुरु गरिएको पौडेलले बताए । कार्यालय अनुगमन निरीक्षणबाट २० वटा कार्यालयमा २ सय ६७ जनशक्तिको दरबन्दी भएकोमा १ सय ६८ मात्र कार्यरत रहेको पाइयो प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
अनुगमनमा ३९ जना कर्मचारीहरु काज र बिदामा रहेको, अनुगमनको समयमा कार्यालयमा २८ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । ८८ जना कर्मचारीहरु तोकिएको पोशाकमा रहेको र ११ जना कर्मचारीले ड्रेसकोडको पालना नगरेको देखियो अधिकृत पाण्डेयले बताए ।
अनुगमन गरिएका अधिकांश कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय पत्र नलगाएको देखिएको थियो । अनुगमनको क्रममा भेटिएका कमी कम्जोरी पुनः अर्को पटक पनि कमी कम्जोरी दोहोरीए कानुन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्ला सदरमुकाम तम्घासमा रहेका अधिकांश कार्यालयका कर्मचारीहरु तोकिएको पोसाक नलगाउने गरेको जन गुनासो बढेको थियो । कार्यालय समयमा कर्मचारीहरु पोशाक र परिचय पत्र समेत नलगाउँदा सेवाग्रहीलाई सेवाप्रवाहमा सास्ती हुने गरेको जन गुनासो पनि आउने गरेको थियो ।
सोहि अनुसार प्रशासनले पहिलो चरणमा एकै दिन तम्घासमा रहेका कार्यालयहरुमा अनुगमन एवं निरिक्षण गरेको हो । अनुगमन टोलीले पुर्वाधार विकास कार्यालय गुल्मी, राष्ट्रिय पुर्ननिर्माण जिल्ला कार्यान्वयन इकाई, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय इकाई, जनस्रोत तथा सिचाई विकास डिविजन कार्यालयको अनुगमन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
त्यस्तै मदन भण्डारी राजमार्ग, स्वास्थ्य कार्यालय, नेपाल बिद्युत प्राधिकरण, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिबिजन कार्यालय, नापी कार्यालय, भेटेनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालय, डिविजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, कफि, मकै र सुन्तला जोन कार्यालय र गुल्मी अस्पतालको अनुगमन गरिएको पन्थीले बताए ।

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।