गाँउपालिकालाई करोडौं मुल्य बराबरको जग्गा निःशुल्क प्रदान !



माघ २७ गुल्मी ।

गुल्मीको चन्द्रकोट गाँउपालिकाको प्रशासनिक भवन निमार्णको लागी स्थानीयले करोडौं मुल्य बराबरको जग्गा नि ः शुल्क प्रदान गरेका छन् ।
चन्द्रकोट गाँउ पालिका चार शान्तीपुरका स्थानीयले संयुक्त रुपमा आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाँउ पालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

शान्तीपुर चार घर भई हाल लण्डन बस्दै आएका नुमकला अर्याल, बालजंग अर्याल, बाबुराम अर्याल, ज्ञानु अर्याल, प्रविन अर्याल, कमल अर्याल र प्रकाश अर्याल लगयातका अर्याल परिवारबाट पाँच रोपनी साथै उत्तम खत्रीबाट एक रोपनी, देबबहादुर कुवँरबाट एक रोपनी र टेक बहादुर गलामीबाट एक रोपनी गरी आठ रोपनी जग्गा गाउँपालिकालाई नि ः शुल्क प्राप्त भएको हो ।
“शान्तीपुरमा गाँउ पालिकाको कार्यालय बन्दै गर्दा जग्गाको अभाव नहोस् र सम्पुर्ण चन्द्रकोट बासीलाई सहज होस भनेर आफुहरुले निःशुल्क जग्गा प्रदान गरेको ” जग्गादाता उत्तम खत्रीले बताए ।
गाउँपालिका अध्यक्ष खत्रीको पहलमा गाउँपालिकाको प्रशासनिक कार्यालय बनाउन प्रदान गरिएको जग्गादाताहरुको भनाई रहेको छ । जग्गादाताहरु प्रती आभार प्रकट गदै अध्यक्ष खत्रीले भने “कार्यालय बनाएपछि जग्गादाताहरुको नाम थर शिलालेखमा लेखिने छ ” ।
जग्गादाताहरु लाई सम्मान गर्ने , यसबर्ष नै सोही ठाउँमा गाउँपालिकाको बहुउद्देश्यीय सभाहल भवन निमार्ण गर्ने गाँउ पालिकाको योजना रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता