गाँउपालिकाको लेखा शाखामा लगाईएको ताल खोल्न दवाव



फागुन २६
कपिलबस्तु , गुलाम अली

कपिलबस्तु यशोधरा गाँउपालिकाको लेखा शाखामा दुई साा अधि गएिको तालबन्दी खोल्न जनदवाव बढन थालेको छ । विकास कार्या आगाडि बढाउने बेलामा गाँउपालिकाको लेखा शाखामा तालबन्दी गरिएको भन्दै पालिकाका नागरिक अगुवाले तालाबन्दी फिर्ता नभए अन्दोल गर्नै चेतावनी दिएका छन् ।
गाँउपालिका स्तरी स्वतन्त्र नगारिक समाजले आयोजना गरेको जनजेतना कार्यक्रममा सहभागी गाँउपालिकाको लेखा शाखामा गरिएको तालाबन्दी निशर्त नखोलिए कडा अन्दोलन गर्नै चेतावनी दिएका हुन । सो अवसरमा बोल्दै स्वतन्त्र नागरिक समाजमा संयोक राकेश कुमार पाठकले गाँउपालिकाले फरजी उपझोता बनाएर काम गरने र पैसा लुटेको अरोप लगाउनु भयो साथै गाँउपालिकामा भष्टचार चरम सिमामा पुगेको कारणले गर्दा यो कार्याक्रम आयोजना गरेको बताउनु भयो ।

साथै कार्याक्रममा बोल्दै गाँउपालिकाले आफनो कार्या शैलीमा परिवर्तन गरेना भने यो भन्दा ठुलो अन्दोलन हुने बताउनु भयो । कार्याक्रममा बोल्दै सठौली अस्पतालको अवस्था दैनिय भएको छ तर यशाौधरा गाँउपालिकाले यस अस्पातलको बारे कुनै चासो नदिएको बताउनु भयो । संघिय गणतन्त्र स्थापन भएका पछि स्थानीय सरकार गाँउ गाँउ पुगयो तर यो गाँउपालिकाको दुरभाग्य हो सिङ दरबार न पुगेको गाँउपालिकाले लुटतन्त्र मचाएके अरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै नेकपाका गाँउपालिका प्रमुख हजरत अलि मुसलमानले यशोधरा गाँउपालिकामा नियोजित रुपमा अनियमितता गर्न रोकेकै कारण लेखा शाखामा ताबालबन्दी गरिएको बताए । जनप्रतिनिधीले आफ्नै पालिकामा तालाबन्दी गर्ने कार्य लज्जास्पद रहेको उनले बताए । सो अवसरमा बोल्ने अधिकांस बक्ताले तालाबन्दी लगाउन पालिका अध्यक्ष सहितका जनप्रतिनिधीको समर्थन रहेकाले हाल सम्म तालाबन्दी खुल्न नसकेको बताएका थिए । कार्यक्रममा गाँउपालिकाका अगुवा हरम शरिफ मुसलमान, कम्लेश कुमार मिश्र, अब्दुल कयुम, मनिषदेव मिश्र र मोल्हु प्रसाद गुप्ता लगायतले तालाबन्दीका कारण बिकास निर्माण प्रभावित हुने भएकाले अभिलम्ब तालाबन्दी फिर्ता गरिनु पर्ने माग गरेका थिए । यस अघि वडा नम्बर ५ का अध्यक्ष लईस पठान र वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण उपाध्याय नेतृत्वको टोलीले लेखा शाखामा तालाबन्दी गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता