गठबन्धनको विकल्प छैन: पूर्वमन्त्री झाँक्री



हुमाकान्त पोखरेल, गुल्मी ।
१५ असौज । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् । शनिबार गुल्मीको धुर्कोट गाउँपालिकामा एकीकृत समाजवादीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले विकास र समृद्धिको लागि गठबन्धनको विकल्प नभएको बताएकी हुन् । नेतृ झाँक्रीले निर्वाचनपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन् । ‘आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्दैछ ।’ उनले भनिन्, ‘निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउँछ ।’ गुल्मी क्षेत्र नम्बर २ मा लामो सयमसम्म गोकर्ण विष्टले जितेपनि विकास नगरेकोले अब परिवर्तन खोज्नको लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । त्यसका साथै उनले अब चुनाव प्रचार–प्रसारमा लाग्न पार्टीका नेता–कार्यक्रताहरुलाई निर्देशन दिइन् । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रमेश पोखरेलले अब उत्पादन गरी आत्मनिर्भर बन्नतर्फ सबै लाग्नुपर्ने समय आएकोले त्यसको लागि गठबन्धन आवश्यक रहेको बताए । कार्यक्रमकै अवसर पारि पार्टीले युवा संघको गाउँ कमिटीको गठन गरेको छ । ढालेन्द्र नेपालीको संयोजकत्वमा ५१ सदस्यिय राष्ट्रिय युवा संघ एवम् तुल्सीराम कुँवरको संयोजकत्वमा पार्टीको जैसिथोक गाउँ कमिटी गठन गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इन्चार्ज गणेश विश्वकर्मा, जिल्ला अध्यक्ष श्रीराम महत लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रामकुमार विष्टको अध्यक्षता एवम् लक्ष्मण  सुनारको संचालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता