खुमन र आशाको “मायाको पाइलो” गीतले बजार तताउदै ( भिडियो सहित)

गुल्मी साउन २८।
तिज आउन करिब एक महिना दिन बाकी रहदा तिज बिशेष गीत दैनिक जसो नयाँ नयाँ सार्वजनिक भइरहेका छन् । यसै क्रममा लोकप्रिय गायक खुमन अधिकारीको “जता जता मायाको पाइलो” बोलको तिज गीत आएको छ ।
माया प्रेमका कथा वस्तुमा तयार भएको छ । गीतमा गायक खुमन अधिकारी र आशा बिसीको स्वर रहेको छ । बिक्रम बाबू बिश्वकर्माको शब्द र खुमन अधिकारीको लयमा तयार भएको गीतले वास्तविक तिज गीतको तिर्सना मेटाउने काम गरेको छ । उत्त गीत यतिबेला टिकटक लगायत युट्युबमा चर्चामा रहेको छ ।
यश वर्षको तिजमा गायक अधिकारीका करिब २ दर्जन तिजका गीतहरु बजारमा आएका छन भने केही आउने क्रममा रहेका छन् ।
खुमन अधिकारीको अाफनै युट्युब च्यानल बाट गीत सार्वजनिक भएको हो ।।
गीतको पूरा भिडियो
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।