खरका छाना मुक्त गाँउपालिका अभियान अन्तिम चरणमा



डिबि खड्का फागुन २५ ।
गुल्मीको मदाने गाँउपालिकालाई यसै वर्ष खरका छाना मुक्त गाँउपालिका घोषण गरिने भएको छ ।
गाँउपालिकाको खरका छाना रहित गाँउपालिका अभियान अन्तिम चरणमा पुगेको मदाने गाँउपालिकाले जनाएको छ ।
अहिले सम्म चार सय २९ वटा घरमा जस्तापाता लगाईएको र अब ४० घरधुरी बाकी रहेको मदाने गाँउपालिकाका सुचना अधिकारी ऋिषी पोख्रलले जानकारी दिए ।

मदाने गाँउपालिकाका सात वटा वडा मध्ये वडा नम्वर एकका एक सय ४२ घर,वडा नम्वर दुईका ७४, वडा नम्वर तीनका ५९ , वडा नम्वर चारका २५, वडा नम्वर पाँचका ९१ , वडा नम्वर ६ का १७ र वडा नम्वर सातका ४८ वटा खरका छाना भएका घरमा रगिंन जस्तापात लगाईको मदाने गाँउपालिकाले जानकारी दिएको छ ।
गाँउपालिकालाई खरका छाना मुक्त गाँउपालिका घोषणको लागी यस आर्थीक वर्षमा प्रदेश सरकार र मदाने गाँउपालिकाले एक ,एक करोड रकम विनयोजन गरेको र अघिल्लो आर्थीक वर्षमा पनि मदाने गाँउपालिकाले एक करोड रकम विनियोजन गरेको मदाने गाँउपालिकाका प्रमखु प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
यता मदाने गाँउपालिकाका अध्यक्ष दान बहादुर केसीले गाँउपालिकालाई छिटै खरका छाना रहित गाँउपालिका घोषणा गर्ने तयारी भैइरहेको बताए । यस आर्थीक वर्ष अगावै घोषण गर्ने तयारीका साथ काम भैइरहेको उनको भनाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता