कसैलाई गालि गलौज नगरी आफ्ना एजेण्डा लिएर मतदाता सामु जाऊ एमाले नेता : पाण्डे

कात्तिक ६ बुटवल ।
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेद्वार फर्सुराम पाण्डेले कसैलाई गालि गरेर , तल पारेर ,चिढाएर, उम्मेदवारको आलोचना गरेर मतदातासंग नजान कार्यकर्ताहरुलाई आग्रह गरेका छन् नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने कुनैपनि पार्टी र उम्मेदवारको आलोचना गर्नु भन्दा आफ्ना पार्टीका विचार एजेन्डा बोकेर जनताको बीचमा जानु राम्रो हुन्छ त्यसैले बिगतमा हामीले गरेका कामहरु लिएर मतदाता संग जाऊ।
हाम्रो नेतृत्वमा भएका थुप्रै कामहरु छन् कसैलाई गालि गलौज वा आलोचना गर्नै पर्दैन हाम्रा जनपक्षिय कामहरु बुझाउन सके मात्रै पुग्छ। पाण्डेयले भने एमालेका उम्मेदवार र नेता कार्यकर्ताका अगाडी जनताको बीचमा लैजाने प्रयाप्त एजेण्डाहरु रहेकोले तिनै एजेण्डा सहित जनताको घरघरमा पुग्न कार्यकर्ताहरुलाई आग्रह गरे।
नेता पाण्डेय आफ्नो स्वभाव नै अरुलाई गालीगलौज गर्ने नभएकोले नेता कार्यकर्ताहरुलाई पनि सोहि अनुसारको व्यवहार गर्न आग्रह गरे। समग्र गुल्मीको विकासका लागि कसले के योगदान गरेको छ भन्नेतर्फ गुल्मेली जनता जानकार रहेकोले सोहि अनुसारको नेतृत्व चयन गर्नेमा आफु विश्वस्त रहेको बताए।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।