एक महिना देखी बेपत्ता भएका कपिलबस्तुका एक पुरुष गुल्मीमा भेटिए

फागुन- १६ गुल्मी ।
विगत एक महिना देखी बेपत्ता बनेका कपिलबस्तुका एक पुरुष गुल्मीमा भेटिए छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्वर एक का अन्दाजी ३५/३६ वषीय धनश्याम रैदश गुल्मीको मालिका गाउँपालिका -६ मा फेला परेका हुन ।
उनलाई मर्भुङ्ग प्रहरी चौकी सिमलटारीको टोलीले आईतबार फेला पारेको हो ।
साथै आजै उनका नाताले दाजु पर्ने सम्भु रैदास र सिताराम रैदास लाइ जिम्मा लगाइ घर पठाइएको मालिका गाउँपालिका वडा नम्वर आठका वडा सदस्य पिताम्वर पौडेले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।