इस्माले ६ दिन ,६ वटै वडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने !



चैत १८ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाले टाेल टाेलमै पुगेर एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
एकीकृत घुम्तीबाट विभिन्न शाखाहरुले सेवाहरु उपलब्ध गराउँने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्यालले बताए ।

उनले गाउँपालिकाकाे पशु सेवा शाखाले पशुपन्छी उपचार तथा माइनर सर्जरीसेवा र घरपालुवा कुकुर बिरालोलाई रेविज खाेप लगाउँने कृषि शाखाबाट कृषि सम्बन्धी परामर्श सेवा र माटो परीक्षणको लागि नमूना संकलन गर्ने , सामाजिक सुरक्षा तथा पंजीकरण शाखाबाट एकल पुरुष भत्ता लाभग्राहीहरुको परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको २०७९ चैत्र मसान्तसम्म उमेर पुग्नेहरुको नयाँ दर्ता निवेदन संकलन समेत गरिने पाैड्यालले बताए ।

घुम्तीमा महिला, बालवालिका तथा जेष्ठनागरिक शाखाले ६० वर्ष माथिका नागरिकहरूको लागि जेष्ठनागरिक परिचय ल्याउनुपर्ने बताएको छ । साथै घुम्ती सेवाकाे माध्यमबाट विभिन्न याेजनाहरु सम्झौता ,भुक्तानी टिप्पणी अनुगमन लगाएतका कामहरु पनि गरिने याेजना शाखा प्रमुख नारायण महतले बताए । घुम्ती सेवाबाट नयाँ व्यवसाय दर्ता, नविकरण र दर्ता प्रमाण पत्रको प्रतिलिपि वितरण समेत हुनेछ।

त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले घुम्ती सेवाकाे माध्यमबाट जेष्ठनागरिक (६० वर्ष माथि) तथा दीर्घरोगीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण पनि भएकाले पायक पर्ने ठाउँमा उपस्थित हुन सम्पुर्ण नागरिकलाइ आग्रह गरेका छन् । उनले क्षयरोगीहरुको शंकास्पद भएको खण्डमा खकार परीक्षणको लागि नमूना संकलन पनि गरिने उनले जानकारी दिए । त्यस्तै रोजगार सेवाकेन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरुको सम्झौता गर्ने छ ।
एकिकृत घुम्ति सेवा १९ गते वडा नम्बर १ को कार्यालय, हर्पुकोट,२० गते वडा नम्बर २ काे पालुखा माविमा ,२१ गते वडा नम्बर ३ काे ठाडुङ्गा मावि,२२ गते वडा नम्बर ४ काे रामराज्य मावि दाेहाेलि ,२३ गते वडा नम्बर ५ काे वडा कार्यालय दाेबाट र २४ गते वडा नम्बर- ६ काे अमरपुर ओम प्रसाद गाैतम मा.वि ,अमरपुरमा सञ्चालन हुने इस्मा गाउँपालिकाले जानकारी दिएको छ।

सहज र छरितो माध्यमबाट सेवा उपलब्ध गराउँने हेतुका साथ वडा वडामा पुगेर जनतालाई सहज हाेस भनी घुम्ती सेवाहरु सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताईन । साथै घुम्ती शिविर बाट सहज ढङ्गले धेरै नागरिकले सेवा पाउँने अपेक्षा राखेको उनले उल्लेख गरिन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता