अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज !



कात्तिक २४ गुल्मी ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल यात्री सहित साना तथा ठुला सवारी साधनलाई यात्रा गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।
उनले भने “ जनतालाई सहज होस भन्ने उद्देश्यले गाउँ पालिकाले कल्भट राखेपछि विशेषगरी साना सवारी साधनलाई राहत मिलेको छ , ठुला सवारी साधनलाई समेत वारपार गर्न सजिलो भएको छ ´´ । साथै पुल निर्माणको लागि गाउँपालिकाले पहल गर्ने अर्यालले उल्लेख गरे ।
यस्तै यात्रुहरुले पनि कल्भट राखेपछि सकारात्मक प्रतिक्रिया दिएका छन् । मोटरसाइकल तथा कारलाई धेरैनै सहिलो भएको स्थानीय नरेश खत्रीले बताए । साथै गाउँपालिकाले पुल निर्माणको लागि पहल गर्नु पर्ने उनले सुझाव समेत  दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता