अर्जैको मिलिजुली कृषि सहकारी संस्थाको उल्लेखनीय प्रगति चार वर्षमा पुग्यो झण्डै दुई करोड पुँजी
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2022/01/1-1.jpg?fit=2048%2C945&ssl=1)
पुस -१७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -६ अर्जैमा रहेको मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाले चार वर्षको अबधिमा उल्लेखनीय आर्थिक कारोबार गरेको पाईएको छ । संस्थाको शनिबार सम्पन्न चौथो साधारण सभामा अध्यक्ष कल्पना खत्रीले १ करोड ९६ लाख ७६ हजार सात सय ९१ रुपैयाँ सस्थाको कुल पुँजी रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गरे पछि सस्थाले चार वर्षमा उल्लेखनीय आर्थिक कारोबार गरेको पाईएको हो। जुन ग्रामीण क्षेत्रमा रहेको सहकारीले चार वर्षको अबधिमा झण्डै दुई करोड पुँजी संकलन गर्नु उल्लेखनीय आर्थिक कारोबार भएको मानिन्छ ।
त्यस्तै संस्थाका कोषाध्यक्ष रेनुका अर्यालले दुई लाख २४ हजार आठ सय पाँच रुपैयाँ नाफा सहित एक करोड ९७ लाख ६७ हजार नौ सय १३ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरिन ।
महिलाहरुको हक हित ,नेतृत्व विकास संगै आर्थिक विकास र आय आर्जनका गतिविधि बढाउने उद्देश्यले स्थापित सहकारीले पछिल्लो समय कृषि गतिविधि संगै गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान कार्यक्रम सङ पनि समन्वय गरिरहेको छ ।
शनिबार साधारण सभामा बोल्दै वडा अध्यक्ष शोभाखर गिरीले कठिन अबस्थामा स्थापन भएको सहकारीले उल्लेखनीय कार्य गरेको भन्दै सहकारीको प्रशंसा गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले ग्रामीण क्षेत्रका महिलाले आफैले नेतृत्व गरेर सहकारी चलाउनु र ठुलो धनराशिको कारोबार गर्नु आफैमा उल्लेखनीय कार्य रहेको बताए । साथै स्थानीय सरकारको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै सहकारीलाई जिल्लाकै उत्कृष्ट सहकारी बन्न शुभकामना समेत व्यक्त गरे ।
नौ सय ६२ जना सदस्य रहेको सहकारीले बाल बचत , नियमित बचत गर्दै आएको छ भने सहकारीले आफ्नै भवन बनाउन सफल भएको छ । त्यस्तै सहकारीले केहि समय भित्रै कृषि सवारी किन्ने सँस्थाका व्यवस्थापक हिमा रेग्मी अर्यालले बताईन ।
चौथो साधारणसभा संस्थाका अध्यक्ष कल्पना खत्रीको अध्यक्षयता र सञ्चालन व्यवस्थापक हिमा रेग्मी अर्यालले गरेकी थिईन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।