अर्घाखाँचीमा ढिस्कोबाट लडेर एकजनाको मृत्युु



सुरज घिमिरे -अर्घाखाँची ,२४ साउन ।
अर्घाखाँचीमा ढिस्कोबाट लडेर एकजनाको मृत्युु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर २३ वर्षिय शिषिर भाटको घटनास्थलमै मृत्यु भएको   हो ।
भुमिकास्थान नगरपालिका वडा नं। ३ बस्ने  २३ वर्षिय भाटको घर नजिकैको ढिस्कोमा सुकेको बाँसको किलामा अडेस लागेर उभिँदा उक्त किला जरैबाट भाँचिइ खसेर मृत्यु भएको हो ।
१० मिटर तल बाटो छेउको पक्की नालीमा खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
शवलाइ पोष्ट मार्टमको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता