श्रम परिश्रम र मिहनेतको खानी नै महिलाको पहिचान हो ः प्रदेश सांसद रोका !




कौरव खत्री ,बाग्लुङ्ग १२ भदौ


बाग्लुङ्ग घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्लको संयुक्त आयोजना तथा घुम्टे युवा परिवारको जापान शाखाको सह आयोजनामा  सामुहिक दरखाने तिज कार्यक्रम सम्पन्न भएको छ ।।
बुधवार आयोजित दरखाने तिज कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद दिलमाया रोका दिपाले महिलाहरु भनेका श्रम,परिश्रम र मिहनेतको खानी हो त्यो नै महिलाको पहिचान भएको बताइन ।
साथै सांसद रोकाले महिलाहरु भनेका समाज र यो धरतीका दरिलो खम्वा भएको भन्दै हिजो दिनहरुमा तिजको माध्यमबाट महिलाहरुका दुःख र सुखका पिडा र वेदनाहरुलाई तिजको गितका माध्यमबाट अभिव्यक्त हुने गरेको बताउदै उनले  बेदनाले बास्तविक महिलाहरुको जिवनको यथार्थ चित्र बोकेको बताइन ।
साथै उनले आफ्नो हक र अधिकारलाई स्थापित गराउदै तिज पर्वको मौलिक संस्कृतिलाई जर्गेना गर्न सबै एकजुट हुनु पर्ने बताईन ।

साथै सोहि अवसरमा जिल्ला समन्वय समिति बाग्लुङ्गका सदस्य रुपा विक,गलकोट नगरपालिकाका नगरकार्यपालिका सदस्य कमला ढकाल,गनपा ७का वडा सदस्य मिना दर्जी,प्रगतिशिल महिला समूह गनपा ५ का पूर्व अध्यक्ष बिष्णु कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम,चित्रा दर्जी र कमला केसीलाई सम्मान पत्र दोसल्ला लगायतले सम्मान गरिएको थियो ।
तिज कार्यक्रममा आएका सबैलाई दर खुवाइएको थियो । भने तिज कार्यक्रममा पुराना मौलिक संस्कृति बोकेका तिजका गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश,महिला  गनपाका जनप्रतिधि,समाजसेवी मिना चोखाल, सञ्चारकर्मी युवा समाजेसवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम महिला जागरण केन्द्र गनपा ७ मल्लका अध्यक्ष ललिता थापाको अध्यक्षता तथा घुम्टे युवा परिवारका सदस्य टिका साहानीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला जागरण केन्द्र गनपा ७ का सचिव सरस्वति केसीले गरेकी थिइन । 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता