वस्तु सव स्टेशन ट्रान्सफर्मर पड्किए पछि गुल्मी –२ मा समस्या !



कात्तिक ७ गुल्मी ।
गुल्मीको वस्तु सवस्टेशन निर्माणमा गुणस्तरहिन उपकरण प्रयोग भएको फेरी एकपटक उजागर भएको छ । सञ्चालनमा आएको एक दशक नपुग्दै शनिबार बिहान ३३÷११ केभी सवस्टेशनको १.५ एमभीएको ट्रान्सफर्मर पड्केपछि गुणस्तरहिन उपकरण प्रयोग भएको पुष्टि भएको हो ।
उक्त सव स्टेशन २०६५÷०६६ सालतिर निर्माण शुरु भई २०७२ मा मात्र निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । ठेकेदारको चरम लापरबाहीका कारण सव स्टेशन निर्माणमा ढिलाई भएको थियो । उपकरण जडान मात्र होइन भवन निर्माणमा समेत चरम अनियमिता भएको बिषयमा २०६७÷०७८ सालतिर राष्ट्रिय सञ्चार माध्यमहरुमा समाचार प्रकाशन र प्रशारण भएको थियो ।
सवस्टेशन सम्पन्न नहुँदै भत्किन शुरु गरेको विषयमा सामाचाार बाहिरिए लगतै सर्वोच्च अदालतमा मुद्धा परेको थियो । सव स्टेशनको संरचना मध्ये आवास गृहको ठेक्का विदुर गौतम र सवस्टेशन स्टेशन भवनको ठेक्का राजेन्द्र मिश्रले पाएका थिए ।
गौतमले निर्माण गरेको भवनको गारो र झ्यालहरु भत्कीएको, २ वटा तलाको ढलान हातले खोस्रदा बालुवा निस्कने र मिश्रले सव स्टेशनको अन्य उपकरण जडानको काम नगरेर अलपत्र पारेपछि स्थानीयले सञ्चारमाध्यममा जानकारी गराएका थिए । विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रशारण भएपछि राष्ट्रिय सतर्कता केन्द्रलले अनुगमन गरेको थियो ।

२०७० को संविधानसभा निर्वाचनमा साविका गुल्मी क्षेत्र नं. ३ र २०७४ को प्रतिनिधीसभा निर्वाचनमा हालको क्षेत्र नं. २ बाट गोकर्ण विष्ट चुनाव लड्दा उनले बस्तु सव स्टेशन भवन बेलैमा सम्पन्न गर्न नसकेको र ठेकेदारले चरम लापरबाही गर्दा पनि कारबाहीको दायरमा ल्याउन नसकेको आरोप लगाउँदै विपक्षीहरुले चुनावी मुद्धा बनाएका थिए । संयोग अहिलेको निर्वाचनमा त्यहाँका जनप्रतिनिधि भएको नाताले सवस्टेशनको ट्रान्सफर्मर पड्किँदा विष्टलाई विपक्षीले लगाएको आरोपमा थप बल पुगेको छ । विष्टले भने आफू उर्जामन्त्री हुँदा ठेकेदारलाई कारबाहीका लागि आफूले जोड गरेको तर अदालतबाट उल्टै ठेकेदारले मुद्धा जितेको त्यतिबेलै सञ्चारमाध्यमलाई बताएका थिए ।
उक्त सव स्टेशनबाट गुल्मीको धुर्कोट, मदाने, मालिका, इश्मा र मुसिकोटको केही भागमा विद्युत आपूर्ति हुँदै आएको थियो । ट्रान्सफर्मर पड्केपछि अहिले बिरबासको सव स्टेशनबाट सिधै लाइन दिइएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख इश्वरी प्रसाद श्रेष्ठले बताए । ‘तत्काल ट्रान्स्फर्मर फेर्न नसकिने भएकोले विरबासको सवस्टेशनबाट त्यसभेगमा विद्युत सप्लाई गरिएको छ’, उनले भने, ‘बत्ति त बल्छ तर लिफ्टीङ्ग खानेपानी योजनाहरुबाट खानेपानी उपभोक्ताहरुमा समस्या आउने देखिएको छ ।’ उनले लामो लाइन भएको कारण हावाहुरी वा पानी परेमा जतिबेला पनि विद्युत अबरुद्ध हुन सक्ने उनले बताए ।
ट्रान्स्फर्मर पड्किँदा प्रतिवडा १ हजार घरधुरीका दरले हिसाव गर्दा हस्तिचौर बाहेक २१ वडाका झण्डै २१ हजार घरधुरी समस्यामा पर्ने धुर्कोट सव स्टेशनका इन्चार्ज विष्णु पोखरेलले बताए ।
त्यसो त गुल्मी २ को विद्युतीकरण दिर्घकालिन बनाउन २०६४ यताका हरेक चुनावमा नेताहरुले भाषण गरेपनि दिर्घकालिन भने हुन सकेको छैन । ठाउँ ठाउँमा पोल ढलेको, ट्रान्स्फर्मर पड्केको देख्न सकिन्छ भने अधिकांस स्थानमा बाँस र अन्य रुखमा तारहरु जोखिमपूर्ण अवस्थामा झुण्डाइएका छन् ।
जसका कारण घाँस दाउरा गर्न र खेतबारीमा खनजोत गर्न गएकाहरुको ज्यान समेत गएको छ भने कतिपय घाइते भएका छन् । २०६८ पछि छोटो कार्यकाल उर्जामन्त्री हुँदा राजधानीका सरकारी कार्यालयहरुका तार काटेर चर्चामा आइ सफल उर्जामन्त्रीको विष्टले पगरी गुथिरहँदा यता उनको निर्वाचन क्षेत्रका कैयौ गाउँका जनता भने अँध्यारोमा बस्न बाध्य भएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता