तरुण दल गुल्मीद्वारा क्षेत्रीय संयोजकसहित जिल्ला सदस्य मनोनयन



२४ साउन, गुल्मी । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीले जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोनित गरेको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले जिल्लाका १२ वटा स्थानीय तहबाट जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोयन गरेको जानकारी दिएका छन् ।

अध्यक्ष भलामीले नेपाल तरुण दलको विधान २०१० संशोधित २०६९ को परिच्छेद–४, दफा–१७, उपदफा ३ को क र ख बमोजिम नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका लागि जिल्ला सदस्य र क्षेत्रीय संयोजक तोकेका हुन् ।

क्षेत्रिय कमिटी रिक्त रहेकोले अधिवेशन गर्ने गरि क्षेत्रिय संयोजक सहित जिल्ला सदस्य मनोनयन गरिएको हो । उनका अनुसार नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका लागि सदस्यमा रेसुङ्गा नगरपालिकाका पुष्पा पन्थी र महेश राज भण्डारी मनोनित भएका छन् । त्यस्तै जिल्ला सदस्यका रुपमा मुसिकोट नगरपालिकाका गिरीराज चालिसे, राम प्रसाद आचार्य र भुमा गुरुङ्ग मनोनित भएको नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भलामीले बताए ।

त्यस्तै, इस्मा गाउँपालिकाका रेशम कुँवर र बसन्त खत्री, कालीगण्डकी गाउँपालिकाका पुरन राजकोटी, चन्द्रकोट गाउँपालिकाका पुरन गुरुङ्ग मनोनित भएका छन् । त्यसैगरी, धुर्कोट गाउँपालिकाका चुडामणी भण्डारी, मरिचमान कुँवर र विक्रम थापा पनि जिल्ला सदस्यमा मनोनित भएको भलामीले बताए । साथै मदाने गाउँपालिकाका चक्र जिसी, मालिका गाउँपालिकाका विनोद श्रीस, छत्रकोट गाउँपालिकाका प्रेम बुचा, सत्यवती गाउँपालिकाका लील बहादुर खत्री र गुल्मीदरवार गाउँपालिकाका गोपाल केसी जिल्ला सदस्यमा मनोनित भएको नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले जानकारी दिएका छन् ।

त्यस्तै उनले जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट क्षेत्रीय संयोजकमा प्रकाश भुसाललाई मनोनयन गरेका छन् । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा तरुण दलको क्षेत्रीय संयोजक पद रिक्त रहेकोले सोही क्षेत्रमा तरुण दललाई क्रियाशिल बनाउनका लागि क्षेत्रीय संयोजकमा भुसाललाई मनोनयन गरिएको जिल्ला अध्यक्ष भलामीले बताए । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले मनोनित भएका सबै जिल्ला सदस्यसहित क्षेत्रीय संयोजकलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता