गुल्मी: भारतीय नागरिकको हत्या आरोपीत दम्पती प्रहरी द्वारा सार्वजनिक !

माघ २१ गुल्मी ।
भारतीय नागरिकको हत्या आरोपित दम्पतीलाई गुल्मी प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर एकका ५६ वर्षीय छबिलाल अधिकारी र उनकी ४८ वर्षीया श्रीमती विष्णु अधिकारीलाई आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
उनिहरुले माघ १२ गते राती भारतको बिहार घर भएका ४४ वर्षीय शेख आलिनामको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
होटल व्यवसाय गर्दै आएका अधिकारी दम्पतीको होटलमा माघ १२ गते राती शेख आलिनामले मदिरा सेवन गरि विष्णु अधिकारीलाई यौनजन्य दुव्र्यवहार गरे पछि उनका श्रीमान छबिलाल अधिकारीले हथौड़ाले टाउकोमा हानेर हत्या गरेको र श्रीमतीको सहयोगमा बोरामा हालेर कालीगण्डकी नदिमा बगाईदिएको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए ।
भारतीय नागरिक शेख आलिनामले सुन पसलको धुलो प्रशोधन गर्ने काम गर्दै आएको बुझिएको छ । उनको शव माघ १९ गते रुरुक्षेत्र गाउँपालिका २ अन्तर्गत पर्ने कालीगण्डकी नदिको किनारमा फेला परेको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।