६१ वर्षको उमेरमा नागरिकता !



जेठ १ गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका ९ कि शान्ती परियारले ६१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन ।
माइत घर झापा रहे पनि माइतिको पहिचान हुन नसकेको र श्रीमान सम्पर्कमा नहुदा परियारले नागरिकता पाउन सकेकी थिईन ।
लामो समयसम्म नागरिकता बिहिन भएकी परियारलाई सोमबार त्यस वडाकी वडा अध्यक्ष भुमा गुरुङ सनाखत बसेर नागरिकता दिलाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । नागरिकता बने संगै आफ्ना अड्किएका कयौं काम बन्नेमा उनले आशा व्यक्त गरिन ।
साथै अब देखि सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध हुनेछ ।
मातृत्व र पितृत्वको ठेगान नभएकालाई राज्यले नागरिकता दिने व्यवस्था गरेपनी झन्झटिलो प्रक्रिया हुँदा नागरिकता लिन बाट धेरै बञ्चित भएका छ्न ।
पछिल्लो समय सरकारले नागरिक ऐन तथा नियमावली संसोधन गरेर बाबुको पहिचान नभएकालाई नागरिकता दिने नयाँ व्यवस्था समेत  लागू गरेको छ । सरकारको यो नयाँ व्यवस्था लागू भए संगै गुल्मीमा पनि आमाको नाम बाट नागरिकता लिनहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता