४० वर्ष सम्म एउटै विद्यालयमा अध्यापन गराएका लक्ष्मीपुर माविका दुई शिक्षकलाई विदाई
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2022/02/888.jpg?fit=960%2C720&ssl=1)
माघ २९-गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका -२ स्थित लक्ष्मीपुर माध्यमिक विद्यालयका दुई जना शिक्षकलाई विदाई गरिएको छ ।
उक्त विद्यालयमा ४० वर्ष सम्म अध्यापन गराएका शिक्षक गोपाल प्रसाद भट्टराई र ३७ वर्ष सम्म अध्यापन गराएका अर्का शिक्षक शोभाकान्त ज्ञवालीलाई बिदाई गरिएको हो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी शिक्षकद्वोय भट्टराई र ज्ञवालीलाई फुलमाला, मायाको चिनो तथा कदरपत्रले सम्मान गरी विदाई गरिको विद्यालयका प्रधानाध्यापक राम प्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले एउटै विद्यालयमा झन्डै चार दशक शिक्षण पेसामा खटिएका दुबै जना शिक्षकको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा लाग्न सुझाब दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष सुवर्ण शेरचन शाही तथा प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले शिक्षण पेसा अत्यन्तै प्रतिष्ठित पेसा भएको बताउदै शिक्षकहरुले यस विद्यालय र समाजमा पुराएको योगदानको सदैब कदर हुने बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुण देव कुवरको अध्यक्षता तथा शिक्षक हेमन्त कुवर र शेर बहादुर कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।