२२० उच्च पदस्थको सम्पत्ति छानबिनमा



माघ ३ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ ।१ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए ।
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता