१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीमा एक युवक पक्राउ !



माघ ३० गुल्मी । गुल्मीमा अन्दाजी १३ वर्षीया बालिकामाथी जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।

जिल्लाको मदाने गाउँपालिका – ४ म्यालपोखरी की अन्दाजी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका ४ अखर्बाङका २९ वर्षीय रमेश भनिने जगत बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पीडित परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय पुर्कोट दहमा दिएको उजुरिका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले गए राती पक्राउ गरेको बताईएको छ ।

जबर्जस्ती करणीमा पक्राउ परेका रानाले मदाने गाउँपालिका ४ मा ज्यामी काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता