सुरक्षा निकाय द्वारा तम्घासमा विपद व्यवस्थापन सम्बन्धि कृत्रिम घटनाको अभ्यास (भिडियो सहित)



जेठ २९ गुल्मी ।

गुल्मीका सुरक्षा निकायले विपद सम्बन्धि कृत्रिम घटनाको अभ्यास गरेका छन । आइतबार जिल्ला विपद व्यवस्थापन समिति गुल्मीको आयोजनामा तम्घासको चिदिचौरमा कृत्रिम घटनाको अभ्यास गरिएको हो ।
आगलागी सम्बन्धि कृत्रिम घटनाको अभ्यासमा मानिसको हेलचक्राईका कारण हुने आगलागी , क्षेतीको न्यूनीकरण तथा नियन्त्रण र उद्दार कसरी गर्ने भन्ने बारेमा सुरक्षा निकायले कृत्रिम घटनाको अभ्यास द्वारा डेमो प्रदर्शन गरेका थिए ।
नेपाली सेना,शसस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको संयुक्त टोलीले गरेको डेमो प्रदर्शनमा सरोकारवाला निकाय सङै स्थानीयको व्यापक सहभागीता रहेको थियो । साथै विपदमा कसरी सुरक्षा निकाय,रेडक्रस,जनप्रतिनिधि तथा स्थानीयले अन्तरसम्बन्ध र अन्तर समन्वय गरि काम गर्नु पर्छ भन्ने विषमा पनि जानकारी गराईएको थियो ।

सम्भावित जोखिमको नियन्त्रण तथा व्यवस्थापन र अन्तर समन्वय देखाउनलाई कृत्रिम घटनाको अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।

(हेर्नुहोस भिडियो)

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता