सुरक्षाकर्मीले जेठ २९ गते गुल्मीको चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने !



टोपलाल अर्याल
गुल्मी, २७ जेठ ।

जिल्ला स्तरिय बिपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरको अध्यक्षतामा बसेको बैठकले बिशेष गरेर दुई निर्णयहरु गरेको छ । आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय भएको छ । कृत्रिम घटनाको परिकल्पना गरि गरिएको अग्रिम अभ्यास मार्फत जोखिम न्यूनिकरण, व्यावस्थापनसंगै सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उदेश्य रहेको बैठकका अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी गैरैले जानकारी दिए ।

बिपद्को अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन जेठ २९ गते बिहान ११ बजे तम्घासको चिदिचौरमा गरिने छ । बिशेष गरेर घरको चुलोबाट हुने आगोलागि नियन्त्रणको बिषयमा डेमोस्टेशन प्रर्दशन गरिने छ । सचेतनामूलक कार्यक्रम भएकाले बजारबासीसवैलाई उपस्थित हुन प्रशासनले अनुरोध गरेको छ । त्यस्तै मनसुनजन्य प्रकोपका कारण हुन सक्ने संभावित घटनाको पहिचान गरेर सोबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनिकरण मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

जसका लागि ०७८ सालको प्रतिकार्य योजनाको अध्ययन गरेर सुझाव तथा विवरण तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न भनिएको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, पत्रकार, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता