सिमलटारीमा आध्यात्मिक ज्ञान पुस्तकालयको उद्घाटन !



माघ ८ -गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ सिमलटारीमा आध्यात्मिक ज्ञान पुस्तकालयको उद्घाटन गरिएको छ ।
शुक्रबार लुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष बामदेव क्षेत्रीले एक कार्यक्रमका बीच आध्यात्मिक ज्ञान पुस्तकालयको उद्घाटन गरेका हुन ।
अध्यात्मिक ज्ञान जागरण एवम् वैदिक संस्कृती संरक्षण समाज गुल्मीको सक्रियता र मालिका गाउँपालिकाको एक लाख पचास हजार आर्थिक सहयोगमा पुस्तकालयको स्थापना गरिको हो । धर्म तथा संस्कृतीको जगेर्नामा टेवा पुराउने उदेश्यले धार्मिक पुस्तकालय सञ्चालनमा ल्याईएको बताईएको छ । धार्मिक पुस्तकालयमा ५० प्रकारका पाँच सय भन्दा धेरै पुस्तक रहेको त्यस संस्थाले जानकारी दिएको छ ।
शुक्रबार भएको कार्यक्रममा मनव्य राख्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा,मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले पुस्तकालयको लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रमका विशेष अतिथि समेत रहेका तीन स्थानीय तहका अध्यक्षहरुले धर्म, संस्कृती संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउदै त्यस तर्फ स्थानीय सरकारले चासो दिएको बताए । कार्यक्रममा स्थानीय समाजसेवी ,बुद्धिजिवी,जनप्रतिनिधि , लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता