सार्वजनिक जग्गामा सघंसस्था र धनाढ्यहरूको रजाई, कारवाही गर्ने निकाय मौन !




 शिवलाल सुवेदी  गुल्मी भदौ ७,

खोला र सार्वजनिक जग्गामा ठुला–ठुला महल । सार्वजनिक जग्गा अतिक्रमण गरेर ठुला–ठुला महल निमार्ण गर्नेलाई कुनै कानुनले छुदैन । सवारी साधन नै हिडडुल गर्न मिल्ने वजारको विच भागवाट वगेको खोलामा अहिले मानिसहरु समेत हिडडुल गर्न सकिदैन । सवै अतिक्रमणको चपेटामा परेका छन । पहिलेका सार्वजनिक जग्गामा अहिले विभिन्न सघं सस्थाहरुदेखि ब्यक्तिका घर,टहरा निमार्णसगै करेसावारीमा परिणत भएका छन । योे दृश्य हो सदरमुकाम तम्घास बजारको । जिल्लाको सदरमुकाम तम्घासमा पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निमार्ण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाउदाँ सदरमुकाममा सार्वजनिक जग्गामा मनलागी घर टहरा बनाउने क्रम बढेको हो । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा जिल्लाका केही सरकारी कार्यालयहरुदेखि विभिन्न सघंसस्था र सदरमुकाम तम्घासका धनाढ्य साहुहरु रहेका छन । सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको तम्घासमै अन्यत्र मनग्ये जग्गा रहेको छ । जग्गा अतिक्रमण गर्नेहरु कोही पनि सुकुम्वासीहरु भने छैनन । सवैको तम्घासमै करोडौको सम्पती रहेको छ । तर उनीहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निमार्ण गर्नेदेखि करेसावारी वनाउन भने छाडेका छैनन । आफ्नो जग्गा नभएका सुकुम्वासीहरुले सार्वजनिक जग्गामा घर,टहरा राखेर बस्दा सरकाले घर टहरा भत्काएर लखेटेका थुप्रै उदाहरणहरु भएपनि गुल्मीको सदरमुकाम तम्घासमा भने सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । खुल्ला रुपमै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुले सरकारी निकायलाई चुनौती दिएका छन । सार्वजनिक जग्गामा घर,टहरा बनाएर बस्नका लागि उनीहरूलाई सरकारी कुनै पनि निकायले अहिलेसम्म कुनै कदम चालेको छैन । तम्घासमा विवेक हुनेहरुले समेत धमाधम सार्वजनिक जग्गामा घर टहरा निर्माण गरेका छन । सार्बजनिक जग्गामा धमाधम घरटहरा निर्माण गरिदा समेत सरोकार वाला निकाय मौन र रमिते बनेका कारण अहिले समस्या उत्पन्न भएको छ । सार्वजनिक जग्गा अतिक्रम गरेर दर्जनौं भौतिक संरचना र पक्कि घरहरु निर्माण भएका छन ।

तस्विरः शिवलाल सुवेदी÷गुल्मी

 २०६८÷२०६९ सालमा नगर विकास समितीले तम्घासका सार्वजनिक जग्गा नाप्ने काम गरेपनि त्यसपछि अन्य कुनै निकायले केही चासो देखाएका छैनन । तत्कालिन नगर विकास समितीका अध्यक्ष गिरी प्रसाद पाण्डेका अनुसार सदरमुकाम तम्घासको बाख्रेछेडादेखि कारागार, महेन्द्र मावीहुदै बजार क्षेत्र, खानीगाउँ भगवती मन्दिरदेखि तत्कालिन एमाले पाटी कार्यालय, बसपार्क, फिल्महल हुदै अर्घाखाची जिपपार्क, भगवती मन्दिरहुदै, बसपार्क, पुरानो वजार क्षेत्रका सार्वजनिक जग्गा नाप नक्सा गरिएको बताए । तम्घासमा हामीले पहिले जति सार्वजनिक जग्गा देखेका थियौ ती अहिले धेरैजसो अतिक्रमण भएका छन पाण्डेले भने“ ठुलो अवरोध र चुनौतीकाविच नाप्ने काम गरियो,अतिक्रमण गरेका जग्गा नाप्दा विभिन्न धम्की समेत आए,तर पछि हटिएन ।” नापेका जग्गाको  अभिलेख सुरक्षित गर्नका लागि साविक तम्घास गाविसलाई हस्तान्तरण गरेको भएपनि अहिले त्यो प्रतिवेदन कता गयो थाहाँ नभएको पाण्डेको भनाई छ । उनले अतिक्रमण गरेका सरकारी कार्यालय, सघंसस्था र ब्यक्तिहरुलाई तपाईहरुले सावैजनिक जग्गा अतिक्रमण गर्नुभएछ भन्दै प्रतिवेदनमा हस्ताक्षर गराएको बताए । प्रतिवेदन अनुसार सरकारी कार्यालय तथा सघंसस्थाले १७ मिटरसम्म र ब्यक्तिहरुले ५ मिटरसम्म सार्वजनिक जग्गा अतिक्रमण गरेको पाण्डेले बताए । उनका अनुसार पुराना वाटाहरु समेत बन्द गरेर ब्यक्तिले घर बनाएको बताए ।

तस्विरः शिवलाल सुवेदी÷गुल्मी

 सदरमुकाम तम्घासका सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै पटक पटक आवाज उठाउदै आएको भएपनि यसमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको भष्टाचार विरुद्धको नागरिक निगरानी सस्थाका अध्यक्ष पदम पाण्डेले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने उल्लेख छ पाण्डेले भने“आम नागरिकहरुले आवाज उठाँउदा समेत रेसुङ्गा नगरपालिकाभित्र आफ्नो कति सार्वजनिक जग्गा छ र हो भन्ने रेर्कड नराख्नु जिम्मेवार निकायको ठुलो लापरवाही हो ।” सरकारी जग्गा अतिक्रमण गरि कसैले घर टहरा तथा करेसावारी वनाउन नपाईने उनको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐनमा सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने उल्लेख छ । नगरपालिका प्रमुख डिल्लीराज भुसालका अनुसार पटक–पटक कुरा उठेको भन्दै अव छिट्टै नै रेसुङ्गा नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा एकिन गरिने बताए । अहिलेसम्म कुनै तथ्याङ्ग छैन उनी भन्छन“ अव हामी छिट्टै सार्वजनिक जग्गाको एकिन गर्ने तयारी छौ, कानुन विपरित सार्वजनिक जग्गा अतिक्रमण गरि निर्मित घर टहरा प्रक्रिया पु¥याएर हटाउछौ ।” उनका अनुसार नगरपालिका भित्रका सार्वजनिक जग्गाको डिजिटल नाप नक्सा गर्ने तयारीमा रहेको बताए । रेसुङ्गा नगरपालिका भित्र सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणलाई के गर्ने भन्ने चाँडै नै निर्देशिका बनाएर काम तयारी रहेको उनको भनाई छ । सदरमुकाम तम्घास मात्र नभई नगरभित्रका सवै क्षेत्रमा पनि सार्वजनिक जग्गा अतिक्रमण हुन सक्ने भएकाले सबैको निर्णय एकै साथ हुने गरी नियमन गर्ने प्रमुख भुसालले बताए । सार्वजनिक जग्गाको यकिन गर्ने र त्यस्तो जग्गाभित्र घर टहरा निमार्ण गर्ने र जग्गा अतिक्रमण गर्नेलाई कसरी समाधान गर्न सकिने भन्ने योजना रहेको उनले सुनाए ।
फोटो क्याप्सनः सार्वजनिक जग्गा अतिक्रमण गरि निमार्ण गरिएका सरंचना ।  ।

लुम्बिनी खवर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता