सत्यवती नारी दिवस: महिला उद्यमी सम्मानित ,बेबारिसेको उद्दार,२४ कार्यालय सहयोगी सम्मानित !



फागुन २४ गुल्मी !
गुल्मीको सत्यवती गाउँपालिकाले ११३ औं अन्तरास्ट्रिय महिला श्रमिक दिवस विविध रचनात्मक काम गरि मनाएको छ ।
गाउँपालिका भित्रका ८ उत्कृष्ट महिला उद्यमीलाई नगद सहित सम्मान गर्नुका साथै एक बेबारिसे महिलाको उद्दार र गाउँ भित्रका विभित्र कार्यालयमा कार्यलय सहयोगीको रुपमा काम गर्दै आएका २४ जना महिलालाई सम्मान गरिएको सत्यवती गाउँपालिकाले जानकारी दिएको छ ।

८ वटा वडा बाट एक \ एक जना ८ उद्यमी महिलालाई नगद १० हजार सहित सम्मान गरिएको छ । जसमा वडा नम्बर एक बाट,तारा देवी कनौजे,वडा नम्बर दुई बाट कपिला दर्जी ,तीन बाट वर्षा थापा मगर, चार बाट यमकला विक,पाँच बाट लक्ष्मी ढकाल, ६ बाट प्रेमकुमारी भण्डारी ,सात बाट थुपा भुसाल र आठ बाट गङा दर्लामी मगर सम्मानित भएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।
उनिहरुले विभिन्न क्षेत्रमा काम गरि गाउँपालिकालाई योगदान पुराएका कारण थप हौसला प्रदान गर्न सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले बताए । त्यस्तै सत्यवती गाउँपालिकामा विगत केही महिना देखी बेबारिसे अबस्थामा देखा परेकी एक गर्भवती महिलाको उद्दार गरिएको छ ।
उनलाई बुटवलको तिलोत्तमा नगरपालिकाको मानव सेवा आश्रममा पठाईएको हो । उनको उद्दारको लागि आवश्यक आर्थिक रकम र आश्रम सङ समन्वय गाउँपालिकाले गरेको थियो ।
एक एक सेट नयाँ कपडा सहित गाउँपालिका भित्रका २४ जना कार्यालय सहयोगी महिला कर्मचारी सम्मानित भएका छन ।
पेसा र योगदानको सम्मान गर्दै गाउँपालिकाले आगामी दिनमा काम प्रती गुणस्तर वृद्धि हुँदै जाहोस भनेर सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष निरुमाया तरामु मगरले जानकारी दिइन ।
गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सम्मान र महिलाको योगदानको कदर गर्नुका साथै गाउँपालिकाले अभिभावकको भुमिका निर्वाह गरेको अध्यक्ष टीकाराम पाण्डेले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता