सत्यवतीका पहिरो पीडित लाई बुटवल उद्योग वाणिज्य सङ्घ द्धारा फर्निचर सामाग्री हस्तान्तरण



डि.बि खड्का साउन २१ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडित लाई बुटवल उद्योग वाणिज्य सङ्घले फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।
सोमवार पहिरो ग्रस्त क्षेत्रमा पुगी फर्निचर सामाग्री प्रदान गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिएका छन् । पहिरो पीडितको आवश्यकता अनुरूप अश्लेवामा टेन्टमा बस्दै आएका पहिरो पीडितहरूलाई ३० थान फर्निचर (पलाङं) , खाद्यान्र सामाग्री उपलब्ध गराइएको हो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम बहादुर हमाल को नेतृत्वको टोलीले सो सामाग्री हस्तान्तरण गरेको हो ।
अविरल वर्षाका कारण पहिरोमा पुरिएर सत्यवतीका १३ जनाको मृत्यु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता