सत्यवतिका पहिरो पीडितलाई गुल्मी सेवा समाज ओमनद्धारा सहयोग



सुरेश थापा, गुल्मी ।

गुल्मीको सत्यवतिका पहिरो पिडितलाई बिभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको छ ।घरवास गुमाएका पहिरो पिडितहरुका लागि गुल्मी सेवा समाज ओमनले ७२ हजार ५ सय २५ रुपैया सहयोग रकम प्रदान गरेको छ । आज छबिलाल ढकालले उक्त रकम गाउपालीकालाई हस्तान्तरण गर्नुभएको हो । गाउपालीका अध्यक्ष पारिश्वर ढकाल , उपाध्यक्ष सुवर्ण शाहि सेरचन ,प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी लगायतको टोलीलाई ढकालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका पीडित परिवारको राहत र पुर्नस्थापनाका लागि एक करोड बढि रकम संकलन भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता