सत्यवतिका पहिरो पिडितको लागि नगद सहित राहत सामग्री हस्तान्तरण

कौरव खत्री गुल्मी २६ साउन ।
गुल्मी सत्यवतिका पहिरो पिडितहरुका लागि नगद सहित विभिन्न सामाग्रीहरुका हस्तान्तरण गरिएको छ । शनिवार ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्रध्यापक तथा समाजसेवी हरि दर्लामीको सक्रियतामा सत्यवति गाँउपालिका वडा नं. ३ ठूललुम्पेकका पहिरो पिडितहरुका लागि कारिटास सुजरल्याण्डबाट ५ थान टेन्ट,सिलपाउलिन २२ थान,टरपाउलिन ११ थान,रचिार्जलेवल लालटिन ८० थान गरि करिव ८लाख,५० हजार मूल्य बरावरको सामाग्री समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका थिए ।
साथै मगर इन्जिनियरर्स आकिटेक्स र गुल्मीको रिमुवादेखि हाल काठमाण्डौमा बस्दै आएका रिमुवाबासीहरु तथा शुभचिन्तकबाट संकलन गरिएको रकम ३लाख,५हजारको नगद चेक समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण समेत गरिएको थियो ।