शिक्षा स्वास्थ्य र कृषिमा प्राथामिकता दिएर विकास गर्छु, वडाअध्यक्षका उम्मेदवार रायमाझी



बैशाख -२ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षको उम्मेवादर शंकर रायमाझीलाई सिफारिस गरिएको छ । उहाँ विगत ३० वर्षदेखि कर्मचारीबाट अवकाश भई मुसिकोट नगरपालिका वडानम्बर– ३ मा वडासदस्यमा रहेर जनताको सेवा गरिरहनुभएको छ । रायमाझीले ५ वर्ष सम्म जनताको चाहना अनुसार वडासदस्यको पदमा रहेर काम गरेको बताउनुभयो । ५ वर्ष सम्म धेरै कुराहरु वडासदस्य पदमा रहेर सिक्ने अवसर पाएको कारणले गर्दा आफूले वडाको विकास गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने रायमाझीले दाबी गर्नुभयो ।
मुसिकोट नगरपालिका वडानम्बर–३ मा शंकर रायमाझी सर्वसम्मत अध्यक्षको उम्मेदवार हुनुभएको छ । (नेकपा) एमाले वडा कमिटीको तर्फबाट रायमाझी सर्वसम्मत वडाध्यक्षको उमेदवार बनुभएको हो । वडाका नागरिकहरु बिरामी हुँदा मुसिकोट नगरपालिका वडा नम्बर ३ मा एम्बुलेन्स थिएन् । जसको कारणले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो । गरिबी जनताले अकालमै ज्यान नगुमाउन भन्ने उदेश्यले शंकर रायमाझीको नेतृत्वमा मुसिकोट नगरपालिकामा भारतिय भूपु सैनिकको सहयोगमा २ वडा एम्बुलेन्स लिन उहाँ सफल हुनुभएको थियो ।
वडा नम्बर ३ मा विद्यालयको भौतिक संरचना अझै पुर्ण नभएको, सडकहरु कालोपत्रे नभएको, दलित जनजातिको क्षेत्रमा अझै प्रयात काम नभएको, हुदाँ यि समस्याको अत्य गर्न आफ्नो उम्मेवादर रहेको बताउनुभयो । साथै वडा नम्बर ३ मा विकासका कामहरु अपुर्ण रहेको हुँदा त्यस्ता कामहरुलाई पुर्ण दिने बताउनुभयो ।
रायमाझीले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । आफूले कृषि र पशुमा अनुभव संगालेका कारण कृषि र पशुपालनबाट वडालाई समृद्ध बनाउनेमा आफु बिश्वस्त रहेको रायमाझीको भनाई छ ।वडाका सबै विद्यालयलाई व्यवस्थित बनाएर जिल्ला सदरमुकाम स्तरको शिक्षा प्रदान आफ्नो वडामा गर्ने योजना रहेको बताउँदै रायमाझीले हरेका प्रकारको क्षेत्रमा आफूले उल्लेखनीय काम गर्ने दाबी गरे । वडाको चौतर्फी विकासका लागि आफू अनुभवी रहेको भन्दै थापाले सुर्य चिन्हमा मतदान गरेर आफुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गर्नुभयो । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उक्त वडामा वडाध्यक्षको उम्मेवादर शंकर रायमाझी, सदस्यमा जानकी सुनार, विनिता परियार, केशव सुर्यवंशी, गणेश कुवँर उम्मेवादर रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता