विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यान वृक्षारोपण



अनिल खत्री
२२ जेठ, गुल्मी ।

विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।
‘पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाँप, कलक, देवदार धुपीलगायतका झण्डै १०० विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले जिल्लाभर डेढ लाख बहुवर्षीय विरुवा उत्पादन गरेको छ । वृक्षारोपण सिजन सुरु भएकाले अब अन्य क्षेत्रमा पनि वृक्षारोपण गरिने शर्माले बताइन् । विश्व विभिन्न किसिमका वातावरणीय समस्या झेल्दै गइरहेको छ ।
जलवायु परिर्वतन भइरहेको, पृथ्वी तात्दै गइरहेको, वन विनाश तीव्ररुपमा भइरहेको मावनका लागि पृथ्वी बस्न योग्य नहुने हो की भन्ने किसिमको समस्या उत्पन्न हुन थालेपछि आजको दिनलाई विश्व वातावरण दिवसको रुपमा वृक्षारोपण गरेरमनाउन थालिएको हो ।
पछिल्लो समयमा विकास र बिभिन्न कारणबाट बातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनु भयो । मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताउनु भयो ।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले वातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने बताउनु भयो । विश्व वातावरण दिवसको अवसरमा सबैले आ–आफनो खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ भन्ने उदेश्यले वृक्षारोपण गरिएको सापकोटाले बताउनु भयो ।
मानवको बस्ती विकाससँगै बिभिन्न कारणले वातावरणीय क्षेत्रमा असर पर्दै जान थालेको छ । वातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि वातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आबश्यक रहेको स्थानीयको भनाई छ ।
विरुवा रोपणमा बिभिन्न कार्यालय, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधी, पत्रकारहरुले बिभिन्न जातका वृक्षा रोपण गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता