विपद् न्यूनीकरण सम्बन्धि इस्मा गाउँपालिकामा प्रशिक्षण ।



माघ २५ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणको निम्ति एकदिने प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीको सहयोगमा स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा कार्यशाल नामक कार्यक्रम सम्पन्न भएको हो ।

विपद व्यवस्थापन सम्बन्धि कार्यतालिका निर्माण गर्ने ,विपद्को न्यूनीकरण न्यून गर्न के गर्न र विपद आईसके पछि कसरी व्यवस्थापन गर्न भन्ने विषयमा प्रशिक्षण दिएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन । साथै विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणको लागि विभिन्न कार्यदल गठन समेत गरिएको छ ।

सात सदस्यीय सूचना समन्वय तथा पुर्व चेतावनी कार्यदल , १० सदस्यीय प्राथमिक उपचार खोज तथा उद्दार कार्यदल , राहत तथा आबस र पुन स्थापन कार्यदल , त्यस्तै सात सदस्यीय क्षेती तथा आवश्यकता विलेश्ण कार्यदल र सात सदस्यीय लैगिङ समानता तथा संरक्षण कार्यदल गठन गरिको छ । विपद् बाट सदैव सचेत रहनु पर्ने र यस प्रशिक्षण कार्यक्रमले विपद व्यवस्थापन तथा विपद परिसके पछि कसरी उद्दार र राहतको व्यवस्था गर्ने भन्ने बारेमा टेवा पुराउने अध्यक्ष लक्षमण विस्टले बताए । त्यस्तै यता प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले , “विपद भन्ने कुरा बाज बजार नआउने हुँदा हामी सदैब सचेत हुनु पर्छ, यसरी प्रशिक्षण दिदा विपदको समयमा राहत र उद्दारमा सहजहुने बस्नेतको भनाई छ ” ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका डिबि पछाई र थानेश्वर अर्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता