वर्षाका कारण गुल्मीमा कहाँ के भयो ? (हेर्नुहोस पूरा विवरण )



असोज २० गुल्मी ।
लगातार परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा क्षेती पुराएको छ भने जनजीवन कष्टकर बनेको छ ।

१. दशैंकाे टीका लगाउन माइत(पिपलधारा) जाँदै गर्दा धुर्काेट गापा -५ वस्तु टुनिचाैरकी ४१ बर्षिय लक्ष्मी कुँवरकाे अराैदी खाेलाले बगाएर मृत्यु
२. गुल्मीदरबार गापा -६ ठुलापाेखरास्थित मान बहादुर कामीकाे घर माथिबाट पहिराे जाँदा घर र गाेठ पुरियाे, बाख्रा, भैंसी गरि ६ लाखकाे क्षति, मानवीय क्षति नभएको
३. बाइकमा मरेङ खाेला तर्ने क्रममा धुर्काेट गापा -१ नयाँगाउँका हरी कुँवरकाे लु ८१ प ३८८६ नम्बरकाे बाइक बगायाे, चालक सकुशल, बाइक अझै नभेटिएकाे
४. कालिगण्डकी करिडोरअन्तरगत हर्मिचाैरदेखि पूर्तिघाट सडककाे बीच बीचमा पहिराे गई सडक पूर्णरूपमा अवरूद्व
५. तम्घास-सिमलटारी सडकअन्तरगत हुलाके खाेला र राेदी खाेलामा पानीकाे बहाव बढी सडक पूर्णरूपमा अवरुद्ध
६. रेसुङ्गा नपा -१२ स्थित माेती बहादुर रानाकाे घरमाथिबाट पहिराे जाँदा घर जाेखिममा,शशस्त्रद्वारा उद्वार
७. रेसुङ्गा नपा -१३ दुविचाैरमा सडक अवरुद्ध गर्नेगरी माथिबाट ढलेकाे रूख हटाइयाे
८. रेसुङ्गा नपा -७ कुँडापानीस्थित (तम्घास अर्घाखाँची सडकअन्तरगत) माथिबाट पहिराे जाँदा सडक पूर्णरूपमा अवरुद्ध
९. चन्द्रकाेट गापा -७ स्थित चन्द्रकाेट मजुवा सडकमा पहिराे, सडक पूर्णरूपमा अवरुद्ध
१०. रूद्रवेणी वामी सडकअन्तरगत सत्यवती गापा -५ बाँदरेभिरमा पहिराे गई सडक पूर्णरूपमा अवरुद्ध
११. रेनपा -९ देउरालीस्थित (रिडी-तम्घास सडक) मा पहिराे, साना सवारी पास
१२. चारपाला घुम्तीमा पहिरो, सडक अवरुद्ध
१३. सेउघा सिमाघाट सडक अन्तरगत सेउघामा पहिराे, सडक पूर्णरूपमा अवरुद्ध ।
स्रोत पत्रकार: हुमाकान्त पोख्रेल ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता